कोइरालोको मुल्य घट्यो, किवीको बढ्यो, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सोमबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कोइरालोको मुल्य घट्दा किवीको मुल्य बढेको छ भने अन्य तरकारी तथा फलफुलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार सोमबार रुख टमाटर १ सय ५० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ५०, भारतीय ठुलो गोलभेडा ६०, सानो गोलभेडा (टनेल) ४५, आलु रातो ३६, आलु सेतो ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय ४०, लौका ६०, परवर(तराई) १ सय ४०, घिरौला ८०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ४०, सलगम ७०, भिण्डी १ सय १०, पिंडालू १ सय १०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४५ रहेको छ । आज रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ६० रुपैयाँ र सौफको साग ६०, जिरीको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

सोमबार भारतीय हरियो प्याज ५० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ,  ब्रोकाउली ४०, चुकन्दर ६०, कोइरालो २ सय ५०, सजिवन १ सय ३०,रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले १ सय ८०, पुदिना १ सय ८०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, गान्टे मूला ७०, भन्टा लाम्चो ७० रुपैयाँ, भन्टा डल्लो ७०, बोडी(तने) १ सय ७० , मटरकोशा ६५ रुपैयाँ, घ्यु सिमि लोकल ६५ रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ६५, घिउ सिमी (राजमा) १ सय १०, टाटे सिमि १ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ४०, तरुल ८०, कुरीलो ६ सय , कन्य च्याउ १ सय २०, डल्ले च्याउ २ सय ४०, अदुवा २ सय, हरियो खुर्सानी १ सय २०, सुकेको खुर्सानी ४ सय २०, खुर्सानी हरियो (बुलेट) १ सय २०, खुर्सानी हरियो (माछे) १ सय, भेडे खुर्सानी १ सय ३०, हरियो लसुन ९०, हरियो धनिया ५०, कागती २ सय ४०, चाइनिज सुकेको लसुन २ सय ३०, लसुन सुकेको नेपाली १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।
समितिका अनुसार सोमबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, केरा १ सय २० दर्जन, अनार २ सय ८०, अंगुर १ सय ३०, कालो अंगुर २ सय २०, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ३०, जुनार २ सय ५०, भुई कटहर प्रति गोटा १ सय ४०, रुख कटहर १ सय, लोकल काक्रो १ सय १०, हाइब्रिड काक्रो ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी  निबुवा ५०, चाइनीज नासपाती २ सय, नेपाली मेवा ८०, भारतीय मेवा ९०, अम्बा २ सय, लप्सी १ सय ४०, अमला ८०, किनु ९०, किवी ४ सय र स्ट्रबेरी भुईऐसेलु २ सय ५० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
यस्तै, आज हरियो छ्यापी  १ सय २०, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्