राष्ट्रियसभा: प्रतिनिधिसभा सदस्य अन्सारीको निधनमा शोक प्रस्ताव पारित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरेका हुन् ।

उक्त प्रस्ताव बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन् । उनको उपचारका क्रममा आइतबार निधन भएको हो ।

राष्ट्रियसभाको अर्काे बैठक यही चैत ७ गते (बुधबार) बिहान ११ बजेर १५ मिनेटमा बस्ने भएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्