सांसद बजिमय:-‘प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सांसद सरस्वती बजिमयले देशैभर प्राकृतिक र मानवजन्य प्रकोपले आम सर्वसाधारण पीडित भइरहेकोबारे सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले संसदमार्फत् यस्तो ध्यानाकर्षण गराएकी हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ मा भएको आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्ति दिइनुपर्ने उनले जनाएकी छिन् । साथै, सोहि नगरपालिकाको वडा नम्बर १ र २ मा पनि अहिले आगलागी भइरहेकाले त्यसको नियन्त्रणका लागि पहल गर्न उनले माग गरेकी छिन् । जिल्लाका अरु स्थानमा पनि आगालागी भइरहेको उनले बताएकी छन् ।

यस्तै, अहिलेसम्म खोटाङमा विभिन्न ३० स्थानमा आगलागी भइरहेको र ११ घर पूर्णरुपमा नष्ट भएको, ६७ वटा पशु चौपाया र १५ वटा कुखुरा मरेको उनले संसदमा जानकारी दिएकी छन् । साथै, आगलागीबाट हालसम्म जिल्लामा करिब रु १ करोड २० लाख ९० हजार बराबरको क्षति अनुमान गरिएको उनको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्