बुधबार सामान्य अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ४९ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौँथो  दिन (आज) बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको  छ । मंगलबारको  तुलनामा बुधबार नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ५ कम्पनीको ९ करोड ४४ लाख ५ हजार ६ सय ९७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४९ करोड ६२  लाख ८४ हजारमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । उक्त कम्पनीको १९ करोड ५२ लाख ९७ हजार १ सय ५१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा गुर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा बोटर्लस् नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ९.३२ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्