करेलाको मूल्य घट्यो, शुक्रबार अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज करेलाको मूल्य घटेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार शुक्रबार रुख टमाटर १ सय ५० रुपैयाँ, नेपाली ठुलो गोलभेडा न्युनतम ७०, भारतीय ठुलो गोलभेडा ६०, सानो गोलभेडा (टनेल) ७०, आलु रातो ४० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, तितो करेला १ सय, लौका ५०, परवर(तराई) १ सय, घिरौला ७०, फर्सी पाकेको ४५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सलगम ७०, भिण्डी ७०, सखरखण्ड ६०, बरेला ५०, स्कुस ४० रहेको छ । आज रायो साग ५० रुपैयाँ, पालुंगो ८० रुपैयाँ, चम्सुरको साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, मेथीको साग ८० रुपैयाँ र सौफको साग ८०, जिरीको साग ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

शुक्रबार प्याज हरियो ५० रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ,  ब्रोकाउली ४०, चुकन्दर ६०, कुरीलो ७ सय, सजिवन १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज सेलेरी ९०, पार्सले १ सय ५०, पुदिना १ सय ५०, इमली १ सय ४०, तामा १ सय, तोफु १ सय ५०, गुन्दुक २ सय ५०, रातो मूला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) ५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, बोडी(तने) १ सय ६०, मटरकोशा ६० रुपैयाँ, घ्यु सिमि लोकल ५० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ५०, घिउ सिमी (राजमा) १ सय, टाटे सिमि ८० रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बकूला ५०, तरुल ७०, कन्य च्याउ १ सय ४०, डल्ले च्याउ २ सय ८०, अदुवा २ सय, हरियो खुर्सानी ९०, सुकेको खुर्सानी ४ सय २०, खुर्सानी हरियो (बुलेट) १ सय ३०, खुर्सानी हरियो (माछे) १ सय १०, भेडे खुर्सानी १ सय ५०, हरियो लसुन ९०, हरियो धनिया ५० रुपैयाँमा किनबेच भइरहेको छ । समितिका अनुसार शुक्रबार हरियो स्याउ(झोले) २ सय २० रुपैयाँ, स्याउ(फूजी) ३ सय, केरा १ सय ३० दर्जन, अनार २ सय ८०, अंगुर १ सय २०, कालो अंगुर २ सय, भारतीय सुन्तला १ सय, हरियो तर्बुजा ४५, मौसम १ सय ३०, जुनार २ सय ५०, भुई कटहर १ सय ४०, रुख कटहर ८०, काक्रो(लोकल) ९०, काक्रो(हाइब्रीड) ५०, नासपाती(चाइनिज) २ सय, मेवा(नेपाली) ७०, मेवा(भारतीय) ९०, अम्बा २ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ ।
यस्तै, आज लप्सी २ सय २०, किनु १ सय, स्ट्रबेरी भुईऐसेलु २ सय ५०, किवि ४ सय, अमला ९०, हरियो छ्यापी ९०, ताजा माछा (रहु) ३ सय ४०, ताजा माछा (बचुवा) २ सय ६०, ताजा माछा (छडी) २ सय ५०, ताजा माछा(मुंगरी) ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्