१३ सय रुपैयाँले घट्यो शुक्रबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको छैँठौ दिन (आज) शुक्रबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार ९ सय  रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १५ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ८४ हजार ५५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ७९ हजार ४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्