वरिष्ठ साहित्यकार सुवेदीको ७८ वर्षको उमेरमा निधन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बुधबार बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

विसं २००३ मा भोजपुरको दिङ्लामा जन्मिनुभएका साहित्यकार सुवेदी क्यान्सर रोगबाट पीडित थिए । पूर्वाञ्चल विश्वविद्यालयमा १२ वर्षसम्म सूचना अधिकृतको रूपमा काम गरेका उनका एक दर्जन मौलिक कृति प्रकाशित छन् । नेपालीमा स्नातकोत्तर गरेका साहित्यकार सुवेदीले पूर्वाञ्चल साहित्य प्रतिष्ठानको सदस्य सचिव तथा प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरको अध्यक्ष भइ नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए ।

साहित्यकार सुवेदी विराटनगरलाई कर्मभूमि बनाएर नेपाली भाषा र साहित्यमा सक्रिय थिए । उनका ‘साधनाको अभिरेखाङ्कन’, ‘मातृकाका कथा’, ‘उनको कथाशिल्प’, ‘प्रतिभा र प्रस्तुति’, ‘नेपाली साहित्यका मुस्कानहरु’लगायत कृति लोकप्रिय छन् । सुवेदीका नाममा उनका छोराहरुले २०७३ सालमा ‘दधिराज पुरस्कार प्रतिष्ठान’ स्थापना गरेका छन् । सो प्रतिष्ठानमार्फत २०७३ सालदेखि बर्सेनि दुई स्रष्टालाई सम्मान गरिँदैआएको साहित्यकार तथा पत्रकार कृष्णविनोद लम्सालको भनाइ छ ।

सुवेदीको विराटनगरस्थित परोपकार घाटमा दाहसंस्कार गरिएको उहाँको पारिवारिक स्रोतले जनाएको छ । सुवेदीका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्