चिकित्सकको निगरानीमा नेता रायमाझीको उपचार हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गर्नको लागि चिकित्सकको निगरानीमा राखिएको हो ।

नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका छन् । रायमाझीलाई मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको पौडेलले बताएका छन् ।

‘उनलाई रिँगटा लागेर मुटुको चाल कम भएपछि भर्ना गरिएको हो’, डा.पौडेलले भने, ‘अहिले उनको मुटुको इसिजी गरेर चिकित्सकको निगरानीमा राखिएको छ ।’ नेता रायमाझीको स्वास्थ्यमा कुनै समस्या नभए पनि मुटुको चाल मात्र कम भएको जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्