११ सय रुपैयाँले बढ्यो बिहीबार सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पाँचौ दिन (आज) बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ११ सय रुपैयाँले बढेर १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन ११ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १५ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख ९ हजार ६ सय ५५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख ९ हजार १ सय ४० रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १२९४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्