पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न…(फोटोफिचर)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सञ्चालन गरेको यस वर्षको एसइई परीक्षा देशभरका २ हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा भएको छ । परीक्षा बिहीबार बिहान ८ बजेबाट देशभर एकै साथ सुरु भएको हो ।

चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको हो । परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका २ लाख ५० हजार ७ सय ७२ छात्रा, २ लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कुल ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थीले फारम भरेको कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै, कुल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् । परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी भएका हुन् । परीक्षाका लागि सबैभन्दा कम मनाङ, मुस्ताङमा एक-एक परीक्षा केन्द्र र काठमाडौँमा सबैभन्दा बढी १ सय २७ परीक्षा केन्द्र कायम गरिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ जारी गरेर यस वर्षको परीक्षामा लागू गरेकाले अब सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने भएको छ ।

विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् । बाँकि फोटो फिचरमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्