कारोबारको अन्तिम दिन ४.७८ अंकले बढ्यो नेप्से परिसूचक !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन (आज) बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १३ कम्पनीको ६६ लाख १४ हजार ४ सय ४५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सयमाथिको सेयर कारोबार भएको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यसैगरी आज सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालय उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी, सेयर बजारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्