यस्तो छ शुक्रबार विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १ सय ३३ रुपैयाँ १५ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ७५   पैसा रहेको छ । बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलरको मूल्य बढेको छ ।

यस्तै, युरो एकको खरिद दर १ सय ४३ रुपैयाँ मुल्य ७२ पैसा र बिक्री दर १ सय ४४ रुपैयाँ ३७ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १ सय ६८ रुपैयाँ ०८ पैसा र बिक्री दर १ सय ६८ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी शुक्रबार क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ०२ पैसा र बिक्री दर ९८ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार कतारी रियलको मूल्य बढेको छ । बाँकि अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्:

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्