सभामुख घिमिरेद्वारा सम्पूर्ण सञ्चारकर्मीहरूमा शुभकामना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्पूर्ण सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा शुभकामना व्यक्त गरेका हुन् ।

सभामुख घिमिरेले शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै भने, ‘देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्यसहित आमनेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’ उनले महासङ्घको स्थापनाकालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरूप्रति सम्मान प्रकट गरेका छन् ।

सभामुख घिमिरेले सन्देशमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका पत्रकारप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्