सोमबार १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज ) सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १६ सय रुपैयाँले बढेर १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजावी सुन १५ सय ५० रुपैयाँले बढेर प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १५ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख १२ हजार ८ सय २५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख १२ हजार २ सय ६५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३ सय १६ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्