६.२६ अंकले घट्यो सोमबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो  दिन (आज ) सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको  अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजारमाथिको सेयर कारोबार भएको छ ।

सोमबार  सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६ सय ३२ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यसैगरी सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्