कोइरालोको मूल्य बढ्यो, मंगलबार अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबारका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज कोइरालोको मूल्य बढेको छ भने अन्य तरकारी तथा फलफूलको न्यूनतम मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, भारतीय सानो गोलभेडा ७० रुपैयाँ र सानो गोलभेडा तराई ८५  रुपैयाँ प्रतिकेजी रहेको छ । रातो आलु ४४ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, भारतीय सुकेको प्याज ६८ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, बन्दा नरिवल १० रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, स्थानीय काउली (ज्यापु) २५ रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ५०, मटरकोशा ६० रुपैयाँ, लोकल घ्यु सिमि ३०, हाइब्रिड घ्यु सिमि ३०, घ्यु सिमि राजमा ९०, टाटे सिमि ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

यसैगरी तितो करेला ९०, लौका ६०, परवर(तराई) १ सय रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी ९०, बरेला ४०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ५० रुपैयाँ, पालुंगो १ सय १० रुपैयाँ, चम्सुरको साग १ सय  सय १० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १ सय १० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ । साथै, हरियो प्याज ४०, बकुला ५०, कन्य च्याउ १ सय २०, डल्ले च्याउ २ सय ५०, कुरिलो ४ सय, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ५०, सजीवन २ सय, कोइरालो १ सय ५०, रातो बन्दा ४०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ८०, पार्सले १ सय ५०, सौफको साग १ सय १०, पुदिना १ सय ५०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोफु १ सय ५० रुपैयाँ, गुन्द्रुक २ सय  ५०, अदुवा २ सय २०, सुकेको खुर्सानी ४ सय  ३०, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) १ सय १०, भेडे खुर्सानी १ सय  ४०, हरियो लसुन १ सय २०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २ सय ६०, नेपाली सुकेको लसुन १ सय ८०, छ्यापी हरियो ९० रुपैयाँ सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

आज झोले स्याउ २ सय २०, फुजी स्याउ ३ सय, केरा (दर्जन) १ सय ३०, कागती २ सय  ५०, अनार २ सय ८०, हरियो अंगुर १ सय ४०, कालो अंगुर २ सय  २०, भारतीय सुन्तला १ सय २०, हरियो तर्बुजा ४०, मौसम १ सय ४०, जुनार २ सय ५०, भुई कटहर प्रति गोटा १ सय ४०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, चाइनिज नासपाती २ सय  २०, नेपाली मेवा ८०, भारतीय मेवा ८०, किनु १ सय, स्ट्रबेरी ३ सय, अमला ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्