४ सय रुपैयाँले घट्यो मंगलबार सुनको मूल्य, चाँदीको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४ सय रुपैयाँले घटेर १ लाख ३१ हजार२ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३० हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मुल्य १ लाख १२ हजार ४ सय ८५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य १ लाख ११ हजार ९ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मुल्य १३२४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्