झिनो अंकले घट्यो मंगलबार नेप्से परिसूचक, २ अर्बमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज ) मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको  अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सयमाथिको सेयर कारोबार भएको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।आज सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

त्यसैगरी सेयर बजारमा ज्योति विकास बैंक बोण्ड २०८७का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ७.५० प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्