एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मतगणनामा श्रेष्ठ ३ सय ६३ सहित निर्वाचित भएको निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जनाएका हुन् ।

उनका प्रत्यासी कमल नेपालले ३ सय ४९ मत प्राप्त गरेका छन् । नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल ७ सत १३ खसेको थियो । चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । उपाध्यक्षमा ३ सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भएका हुन् । उनका प्रत्यासी विष्णुमणि आचार्यले ३ सय ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सचिवमा कृष्णगोपाल तामाङ ४ सय ३ मतसहित विजयी भए भने प्रत्यासी यज्ञराज सापकोटाले २ सय ७० मत पाएका हुन् । उपसचिव खुलातर्फ शिवहरि सापकोटाले ३ सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले ३ सय १३ मत पाएका हुन् । महिलातर्फ सुशीला पाख्रिनले ४ सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले २ सय ८ मत प्राप्त गरेका हुन् ।

जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए । पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्