प्राधिकरणलाई वायुसेवा निगमको स्पष्टीकरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएको छ । नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको हो ।

जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता एवं उपमहानिर्देक जगन्नाथ निरौलाले जानकारी दिएका छन् । उनले भने, ‘प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ ।’

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि उल्लेख गरेका छन् । वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्ने उनको भनाइ छ । प्राधिकरणले नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते निगमलाई स्पष्टीकरण सोधेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्