सामान्य अंकले घट्यो बुधबार नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको चौंथो दिन (आज ) बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारोबारको  अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २२ कम्पनीको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सयमाथिको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार सूर्या ज्योति लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको भएको छ । सो कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

त्यसैगरी सेयर बजारमा रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्य ४.४० प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्