‘राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्रीले सत्ता गठबन्धन परिवर्तन गरेका हुन्’

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद सुरेश आले मगरले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गरेको बताएका छन् । सभाको विशेष समयमा आफ्नो धारणा राख्दै उनले यस्तो बाताएका हुन् ।

सांसद मगरले राष्ट्रिय आवश्यकतालाई विचार गरेर परिवर्तन गरिएको गठबन्धनका सम्बन्धमा अनावश्यक टिप्पणी गरिएकामा आपत्ति जनाएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटमा यसअघि ध्यान नदिइएको क्षेत्रलाई विशेष प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पूँजीगत बजेट खर्च गर्न नसक्नुको पछाडि सचेत र इमान्दार प्रयत्न नभएको तथ्य पेस गर्दै सांसद मगरले त्यसमा ध्यान दिनुपर्ने बताएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्