काठमाडौँ । बाह्रदशी गाउँपालिका-१ का देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सो गाउँपालिकाका ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका हुन् ।
वैदेशिक रोजागरीबाट चार दिनअघि मात्र फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिएका छन् । श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जनाएका छन् ।
प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योति माध्यमिक विध्यालय राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।