चिनियाँ विकास बैंकले दोब्बर बनायो कृषिका लागि ऋण सहयोग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । चिनियाँ विकास बैंकले कृषिका लागि ऋण सहयोग दोब्बर बनाएको छ । चीनको प्रमुख नीतिगत बैंकको रुपमा रहेको चाइना विकास बैंक(सिडिबी) ले यस वर्ष देशभर कृषि विकास र संरक्षणका साथै उत्पादकत्व सुधारका लागि आर्थिक सहयोग बढाएर दोब्बर बनाएको हो ।

बैंकले यस वर्षको पहिलो चौमासिकमा कृषि क्षेत्रको विकासका लागि ३६ करोड ५० लाख अमेरिकी डलर बराबरको विशेष ऋण जारी गरेको छ । जुन ऋण एक वर्ष अघिको समान अवधिमा जारी गरिएको ऋण रकमको दोब्बर भन्दा बढी हो । खाद्य सुरक्षा तथा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न बैंकले हालका वर्षहरूमा चीनका प्रमुख १३ वटा अन्न उत्पादन क्षेत्रहरूमा उच्च-मानक सहितको खेतीको विकास र उन्नयनका लागि मध्यम र दीर्घकालीन वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकले अर्को चरणमा ग्रामीण क्षेत्रमा पूर्वाधार र कृषि क्षेत्रमा विज्ञान-प्रविधि नवप्रवर्तन जस्ता प्रमुख क्षेत्रहरूमा समावेशी वित्तीय सहयोगलाई सुदृढ पार्ने योजना राखेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्