२९ सय रुपैयाँले बढ्यो आइतबार सुनको मूल्य, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २९ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यसैगरी तेजावी सुन २९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसाही महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १६ हजार २ सय ५५, १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ६ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १४ सय ३२ रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्