आइतबार सेयर बजारमा हरियाली, ४ अर्ब २५ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २२.७५ अंकले बढेर  २०२६.८१ बिन्दुमा पुगेको हो ।

 

आज नेप्सेमा कुल ३ सय ११ कम्पनीको ११ लाख २१  हजार १ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सयमाथिको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी कारोबार नेपाल रिइन्सोरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयरको भएको छ । सो कम्पनीको ९५ करोड २० लाख रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ । आज सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्स लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।

त्यसैगरी सेयर बजारमा तारागाउँ रेजेन्सी लिमिटेड होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । सो कम्पनीको सेयर मुल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्