नेपलमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपलमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहको छ ।

आज देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । मंगलबार राती भने देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्