सुनको मुल्य लगातार बढ्दै, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सुनको मुल्य लगातार बढ्दै गएको छ । मंगलबार पनि सुनको मूल्य बढेर नयाँ रेर्कडमा कायम भएको हो । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ सय रुपैयाँँले बढेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज तेजावी सुन १ सय रुपैयाँले बढेर १ लाख ३५ हजार ६ सय ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य स्थिर रही १६ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसाही महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १६ हजार ८ सय ५५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार २ सय ९५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १४४४.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्