९.१९ अङ्ले बढ्यो नेप्से परिसुचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको तेस्रो दिन (आज) मंगलबार सेयर बजार मापक नेप्से परिसुचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसुचक ९.१९ अङ्ले बढेर २०३६.०१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको ९७ लाख ८९ हजार ४ सय १६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय माथिको सेयर कारोबार भएको छ । मंगलबार सबैभन्दा धेरै कारोबार सुर्य ज्योती लाइफ इन्सोरेन्स लिमिटेडको भएको छ । उक्त कम्पनीको १८ करोड ८१ लाख ९ सय २० रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सेयर बजारमा सबैभन्दा बढि नाफा जानकी फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज सेयर बजारमा विन लघुवित्त वित्तीय संस्थाका लगानिकर्ताले सबैभन्दा बढि गुमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्