लगातार सुनको मूल्यले नयाँ रेर्कड बनाउँदै, तोलामै पुग्यो १ लाख ३६ हजार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । लगातार सुनको मूल्यले नयाँ रेर्कड बनाउँदै गएको छ । बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

यसैगरी चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम छापावाला सुनको मूल्य १ लाख १७ हजार २ सय ८५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ७ सय २५ रुपैयाँ र १० ग्राम तेजावी सुनको मूल्य १४५७.५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्