कन्य च्याउको मूल्य बढ्यो, बुधबार अन्य तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज गोलभेडा ठूलो नेपाली ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ३५ रुपैयाँ, गोलभेडा सानो टनेल ५५, भारतीय सानो गोलभेडा ५० रुपैयाँ र सानो गोलभेडा तराई ४० रुपैयाँ, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा नरिवल २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, स्थानीय काउली ज्यापु ४० रुपैयाँ, रातो मुला ५० रुपैयाँ, सेतो मुला हाइब्रीड २५ रुपैयाँ, भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३०, तने बोडी ५०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा १ सय ६०, टाटे सिमि ७० रुपैयाँ, तितो करेला १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, लौका ६०, परवर तराई १ सय रुपैयाँ, घिरौला ८०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, सखरखण्ड ७०, सलगम ७०, भिण्डी १ सय, बरेला ५०, पिंडालू १ सय, स्कुस ४० रुपैयाँ, रायो साग १ सय रुपैयाँ, पालुंगो १ सय ४० रुपैयाँ, चम्सुरको साग १ सय ४० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग १ सय ४० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।  हरियो प्याज ५०, बकुला ५०, तरुल १ सय, कन्य च्याउ १ सय ७०, डल्ले च्याउ ३ सय, कुरिलो ४ सय, न्युरो ७०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १ सय, कोइरालो १ सय ५०, रातो बन्दा ५०, जिरीको साग ५०, ग्याठ कोबी ६०, सेलेरी ७०, पार्सले १ सय ५०, सौफको साग १ सय ४०, पुदिना १ सय ५०, गान्टे मुला ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

बुधबार इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय ३०, सुकेको खुर्सानी ४ सय , हरियो खुर्सानी ७०, खुर्सानी हरियो बुलेट ८०, खुर्सानी हरियो माछे १ सय १०, भेडे खुर्सानी १ सय २०, हरियो लसुन १ सय ४०, हरियो धनिया ४०, चाइनिज सुकेको लसुन २ सय ६०, नेपाली सुकेको लसुन १ सय ४०, छ्यापी हरियो १ सय, भुई कटहर प्रति गोटा १ सय ६०, रुख कटहर ८०, स्याउ झोले १ सय ८० रुपैयाँ, फुजी स्याउ ३ सय, केरा दर्जन १ सय ३०, कागती २ सय ४०, अनार २ सय ५० रुपैयाँ रहेको छ ।

तरकारी तथा फलफूल विकास समितिले हरियो अंगुर १ सय ६०, कालो अंगुर २ सय ५०, सुन्तला भारतीय १ सय ३०, तरबुजा हरियो ५०, मौसम १ सय ४०, जुनार २ सय ५०,  लोकल काक्रो ९०, हाइब्रिड काक्रो ४०, नेपाली मेवा ८०, भारतीय मेवा १ सय, आभोकाडो ६ सय, किवि ४ सय ५० र अमला १ सय रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्