सामान्य अंकले घट्यो आइतबार नेप्से परिसुचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको पहिलो दिन (आज) आइतबार सेयर बजार मापक नेप्से परिसुचक सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसुचक २.३५ अंकले घटेर २०२३.३५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय २० कम्पनीको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ७७ लाख २ हजार माथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेड कम्पनीको भएको छ । सो कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७ सय ४५ रुपैयाँ ०० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आइतबार सबैभन्दा धेरै नाफा सिर्जनसिल लघुवित वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । त्यसैगरी आज सबैभन्दा धेरै गुराँस लघुवित वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्