७ सय रुपैयाँले बढ्यो सोमबार सुनको मूल्य, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । साताको कारोबारको दोस्रो दिन (आज) सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी तेजावी सुन ७ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्