१४.८१ अंकले घट्यो मंगलबार नेप्से परिसुचक, २ अर्ब १० करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसुचक घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसुचक १४.८१ अंकले घटेर १९९१.७१ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १२ कम्पनीको ५४  लाख ७१ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार २ सयमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबार सबैभन्दा धेरै कारोबार गुर्खास फाइनान्स लिमिटेड कम्पनीको भएको छ । सो कम्पनीको १७ करोड ५९ लाख ७८ हजार १ सय ६३ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

आज सेयर बजारमा सबैभन्दा बढी नाफा एसबीएल डेबेञ्चर-२०८९ का लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मूल्य ९.९ प्रतिशतले बढेको छ । यसैगरी आज सबैभन्दा धेरै रुरु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्