बुधबार तरकारी तथा फलफूलको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बुधबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज गोलभेडा ठूलो नेपाली ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, गोलभेडा सानो टनेल ३५, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ र सानो गोलभेडा तराई ३५ रुपैयाँ, रातो आलु ४५ रुपैयाँ र भारतीय रातो आलु ४५ रुपैयाँ, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ३५ रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली ज्यापु ७० रुपैयाँ, सेतो मुला हाइब्रीड ३५ रुपैयाँमा किनबेच भईरहेको छ ।

आज भन्टा लाम्चो २० रुपैयाँ, भन्टा डल्लो ३५, तने बोडी १ सय १०, मटरकोशा ८० रुपैयाँ, लोकल घ्यु सिमि १ सय, हाइब्रिड घ्यु सिमि १ सय, घ्यु सिमि राजमा १ सय ५०, टाटे सिमि ९० रुपैयाँ, तितो करेला ९०, लौका ३०, परवर तराई १ सय १० रुपैयाँ, चिचिण्डो ९० रुपैयाँ, घिरौला ७०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ७०, बरेला ५०, स्कुस ६० रुपैयाँ, रायो साग ९० रुपैयाँ, पालुंगो साग १ सय २० रुपैयाँ, चम्सुरको साग १ सय २० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १ सय २० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

तरकारी तथा फलफूल विकास समितिले आज हरियो प्याज ४०, बकुला ९०, तरुल १ सय, कन्य च्याउ १ सय १०, डल्ले च्याउ ३ सय, कुरिलो ३ सय, न्युरो ७०, ब्रोकाउली ७०, चुकन्दर ५०, सजीवन १ सय, कोइरालो २ सय ५०, रातो बन्दा ५०, जिरीको साग ८०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १ सय ५०, सौफको साग १ सय २०, पुदिना १ सय २०, गान्टे मुला ७०, इमली १ सय ४०, तामा ९०, तोफु १ सय ५०, गुन्द्रुक २ सय ५०, अदुवा २ सय ७०, सुकेको खुर्सानी ४ सय, हरियो खुर्सानी ९०, खुर्सानी हरियो बुलेट ९०, खुर्सानी हरियो माछे १ सय, अकबरे खुर्सानी २ सय ५०, भेडे खुर्सानी १ सय २०, हरियो लसुन १ सय ५०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २ सय ७०, नेपाली सुकेको लसुन १ सय ५०, छ्यापी हरियो १ सय रुपैयाँ, स्याउ झोले २ सय २० रुपैयाँ, फुजी स्याउ ३ सय, केरा दर्जन १ सय ३०, कागती २ सय ४० रुपैयाँमा बिक्री गरिरहेको छ ।

बुधबार  अनार २ सय ५० रुपैयाँ, हरियो अंगुर १ सय ६०, कालो अंगुर २ सय ४०, सुन्तला भारतीय १ सय ८०, तरबुजा हरियो ४५, मौसम १ सय ४०, जुनार २ सय ५०, भुई कटहर प्रति गोटा १ सय ५०, रुख कटहर ७०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, आम्बा २ सय, किनु  सय, स्ट्रबेरी ३ सय ५०, किवि ४ सय ५० र आभोकाडो ५ सय ५० रुपैयाँ किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्