शुक्रबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी तेजाबी सुन ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १९ हजार ४ सय ३० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १८ हजार ८ सय ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४७४।५० रुपैयाँ रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्