क्यानाडा पठाइदिन्छु भन्दै ४१ लाख २० हजार ठगी गर्ने २ जना पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु भन्दै ४१ लाख २० हजार ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ परेकामध्ये सत्यन्द्रले क्यानडा पठाइदिने भन्दै पीडितबाट रु ३८ लाख २० हजार ठगी गरेका हुन् ।

साथै, विवेकले माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट रु ३ लाख ठगी गरेको खुल्न आएकाले सत्येन्द्रलाई अनामनगर र विवेकलाई बागबजारबाट पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्