बिहीबार सुनचाँदीको मूल्य बढ्यो !

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ३६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्