१० महिनामा बारामा २ करोड ४३ लाखबढी राजस्व सङ्कलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बारामा दश महिनामा रु २ करोड ४३ लाख राजस्व सङ्कलन भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चालु आर्थिक वर्षको १० महिनामा रु २ करोड ४३ लाख १५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रामकुमार महतोले चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्मका १० महिनामा ट्राफिक नियम उलङ्घन गर्ने २८ हजार ३ सय सवारीसाधनलाई कारबाही गरी रु २ करोड ४३ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको जनाएका छन् । सो अवधिमा सहरी सडकमा ८७ वटा, ग्रामीण सडकमा ८४ र राजमार्ग सडकमा २१ गरी १ सय ९२ सवारीसाधन दुर्घटना भएका थिए ।

महतोले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमसम्बन्धी प्रयोगात्मक अभ्याससहित चेतनामूलक कार्यक्रमसमेत संचालन गरेको बताएका छन् ।

यस्तै, ट्राफिक नियम उलङ्घन गर्ने सवारीचालकलाई कारबाही, चालक र बटुवालाई ट्राफिक नियमबारे जानकारी, सडकछेउमा गरिने व्यापार गर्नेहरूलाई व्यवस्थापनालगायतका काम गर्न सरोकार भएका निकायसँग समन्वयको काम पनि भइरहेका जनाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्