लगातार बढेको सुनको मूल्य मंगलबार घट्यो, प्रतितोला कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १२ सय रुपैयाँले घटेर १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, तेजावी सुन १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ५५ रुपैयाँले घटेर प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्