मंगलबार यस्तो छ तरकारी तथा फलफूलको मूल्य…(विवरणसहित)

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको पाइएको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा ४० रुपैयाँ, सानो गोलभेडा (टनेल) ५२, भारतीय सानो गोलभेडा ३५ रुपैयाँ र सानो गोलभेडा (तराई) ४५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ र सेतो आलु ४५ रुपैयाँ, भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल ३५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला हाइब्रिड ३० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ८०, मकै बोडी ८०, मटरकोशा १६० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, राजमा १००, भटमासकोसा १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

आज तितो करेला ४०, लौका ५०, लोकल परवर ८० रुपैयाँ, परवर (तराई) ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ४०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) २५, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ४०, सखरखण्ड ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो साग १४० रुपैयाँ, चम्सुरको साग १४० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १४० रुपैयाँ, हरियो प्याज ९०, तरुल १००, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, कुरिलो ३००, न्युरो १४०, ब्रोकाउली ९०, चुकन्दर ६०, सजीवन १००, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १४०, पुदिना १५०, गान्टे मुला ७०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४०० कारोबार भईरहेको समितिले जनाएको छ ।

हरियो खुर्सानी ८०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (माछे) ६०, भेडे खुर्सानी ६०, हरियो लसुन १००, हरियो धनिया १४०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १५० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

मंगलबार फुजी स्याउ ३००, केरा दर्जन १२०, कागती २६०, अनार ३५०, आँप माल्दह २२०, आँप (कलकत्ते) १६०, हरियो अंगुर १८०, कालो अंगुर २८०, तरबुजा (हरियो) २५, मौसम १८०, जुनार २५०, किवि ६०० र आभोकाडो ६०० रुपैयाँ, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २२०, नेपाली मेवा ११०, भारतीय मेवा ११०, भुई कटहर प्रति गोटा १८० रुपैयाँ र रुख कटहर ५० रुपैयाँमा कारोबार किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्