शान्ति, सहअस्तित्व, सहिष्णुता बनाउने अभियानमा लाग्न राष्ट्रपतिको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान सुदृढ गर्ने अभियानमा लाग्न आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश दिँदै यस्तो आग्रह गरेका हुन् ।

बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायलाई उक्त अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका हुन् ।

बौद्ध दर्शनका प्रवर्तक एवं राष्ट्रका गौरव गौतमबुद्धको जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।

‘शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु’, राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्