आइतबार डल्ले च्याउको मूल्य घट्यो, अन्य तरकारी तथा फलफूलको मूल्य कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज डल्ले च्याउको मूल्य घटेको छ । आइतबार डल्ले च्याउको मूल्य ४० रुपैयाँले घटेर न्युनतम २८० रुपैयाँमा कारोबार भईरहेको छ ।

समितिका अनुसार आज भारतीय ठुलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, सानो गोलभेडा टनेल ४५, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा तराई २५ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ, भारतीय रातो आलु ४६ रुपैयाँ रातो आलु मुडे ५० रुपैयाँ, र सेतो आलु ४२ रुपैयाँ, भारतीय सुकेको प्याज ७८ रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली ज्यापु ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २५ रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी ९०, मटरकोशा १६० रुपैयाँ, लोकल घ्यु सिमि ८०, हाइब्रिड घ्यु सिमि ८०, राजमा ११०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आज तितो करेला ४०, लौका ५०, लोकल परवर ८० रुपैयाँ, परवर (तराई) ७० रुपैयाँ, चिचिण्डो ५० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी लाम्चो ४०, हरियो फर्सी डल्लो ४०, भिण्डी ३०, सखरखण्ड ७० रुपैयाँ, रायो साग ४० रुपैयाँ, पालुंगो साग १४० रुपैयाँ, चम्सुरको साग १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ, हरियो प्याज ८०, कन्य च्याउ १३०, डल्ले च्याउ २८०, कुरिलो ३००, न्युरो १०० रुपैयाँमा किनबेच भईरहेको छ ।

त्यसैगरी ब्रोकाउली ८०, चुकन्दर ६०, सजीवन ९०, रातो बन्दा ५०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, सौफको साग १२०, पुदिना १५०, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २६०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो बुलेट १००, खुर्सानी हरियो माछे ६०, भेडे खुर्सानी ६० रुपैयाँमा कारोबार भईरहेको समितिले जनाएको छ ।

आइतबार हरियो लसुन ७०, हरियो धनिया १५०, चाइनिज सुकेको लसुन २५०, नेपाली सुकेको लसुन १७०, छ्यापी सुकेको १४० रुपैयाँ र छ्यापी हरियो १५० रुपैयाँ, फुजी स्याउ ३००, केरा दर्जन १२०, कागती २२०, अनार ३५०, आँप माल्दह २२०, आँप दसहरी २००, आँप कलकत्ते १६०, हरियो अंगुर १८०, तरबुजा हरियो ३५ , मौसम १५०, जुनार २८०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, चाइनिज नासपाती २५०, नेपाली मेवा ९०, भारतीय मेवा ७०, किवि ६००, आभोकाडो ६००, भुई कटहर प्रति गोटा १८० र रुख कटहर ५० रुपैयाँ न्युनतम मूल्यमा किनबेच भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्