आइतबार २२.१४ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा आज नेप्से परिसूचक २२.१४ अंकले बढेर २१०९.३४ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको १ करोड १० लाख ४४ हजार ४ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड १५ लाखमाथिको सेयर कारोबार भएको छ ।

यसैगरी आज सबैभन्दा धेरै कारोबार आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । सो कम्पनीको १५ करोड ६६ लाख १३ हजार ८ सय ३३ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज सेयर बजारमा सबैभन्दा बढी नाफा कलिन्चोक दर्शन लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार इन्फिनिटि लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् । सो कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्