सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्चमा रिट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ । गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन मागसहित अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन् ।

लामिछाने सहकारीको रकम हिनामिनामा जोडिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका हुन् । रिटको पेशी जेठ १६ गतेलाई तोकिएको छ ।

अधिवक्ता भट्टराईले गृहमन्त्रीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग पनि गरेका छन् ।

पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्