बिहीबार १९.८९ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब २१ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । कारेकारको अघिल्लो दिनकोे तुलनामा आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय ११ कम्पनीको ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २१ करोड ७४ लाखमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, बिहीबार सबैभन्दा बढी कारोबार नेपाल फाइनान्स लिमिटेडको भएको छ । सो कम्पनीको १९ करोड ४५ लाख ७० हजार ४ सय ५१ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । सो कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

त्यसैगरी आज पोखरा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्