‘भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्नुपर्छ’: सांसद दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले संस्थागत भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट भएर लाग्नुपर्नेमा आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका विषयमा गर्दै आएका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले सदन अवरोधको अभ्यास बढेकामा चिन्ता व्यक्त गरेका छन् ।

‘हामीले सदन सञ्चालनको वस्तुनिष्ठ समीक्षा गर्ने बेला भएको छ । कुनै एउटा समस्या आउने बित्तिकै महिनौँ सदन अवरूद्ध हुन्छ’, सांसद दाहालले भने, ‘विवादित विषय किनारा लगाउन संवैधानिक निकाय र राज्यका अख्तियार प्राप्त निकाय छन्, ती निकायलाई काम गर्न नदिएर सदनमा असंसदीय तरिकाले तरिकाले पेस हुन पाइँदैन ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्