मंगलबार ६.२२ अंकले बढ्यो नेप्से परिसूचक, ४ अर्ब ८४ करोडमाथिको सेयर कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कुल ३ सय १५ कम्पनीको ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोडमाथिको सेयर कारोबार भएको छ ।

यसैगरी मंगलबार सबैभन्दा बढी कारोबार सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । सो कम्पनीको २० करोड ९२ लाख ४२ हजार ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी नाफा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

मंगलबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ९.१३ प्रतिशतले घटेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्