बिहीबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य स्थिर रहेको हो ।

बुधबार प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमै कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १८ सय १० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ४१ हजार ४ सय रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ५२ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्