बिहीबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ…

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बिहीबार तरकारी तथा फलफूल विकास समितिले फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसुची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भइरहेको छ ।

भारतीय सुकेको प्याज ८० रुपैयाँ, लोकल गाजर ६० रुपैयाँ, बन्दा लोकल २० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७० रुपैयाँ, सेतो मुला हाइब्रिड २० रुपैयाँ, भन्टा लाम्चो ३० रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी १००, मकै बोडी ८०, लोकल घ्यु सिमी लोकल ५०, हाइब्रिड घ्यु सिमी ५०, राजमा १४०, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ५०, लौका ५०, लोकल परवर ७० रुपैयाँ, परवर (तराई) ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ५०, झिगुनी ६०, फर्सी पाकेको ३५, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ३०, भिण्डी ३०, सखरखण्ड ६०, स्कुस ७० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, तोरीको साग २० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

आज हरियो प्याज ८०, कन्य च्याउ १७०, डल्ले च्याउ २८०, कुरिलो २००, न्युरो ७०, ब्रोकाउली १००, चुकन्दर ५०, सजीवन १४०, रातो बन्दा ६०, जिरीको साग ८०, सेलेरी १२०, पार्सले २५०, पुदिना १४०, गान्टे मुला ६०, इमली १५०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २८०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ३०, अकबरे खुर्सानी ३००, भेडे खुर्सानी ५०, हरियो लसुन ६०, हरियो धनिया २५०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १२० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

बिहीबार फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २४०, अनार ३५०, आँप (मालदह) ८०, आँप (दसहरी) ८०, तरबुजा (हरियो) ४०, जुनार २५०, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो ८०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, चाइनिज नासपाती २२०, भारतीय मेवा ९०, लिच्ची (लोकल) ९०, लिच्ची भारतीय २५०, किवि ५५० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्